मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • स्वास्थ्यमन्त्री र प्रदेश समन्वयकर्ता मन्त्रीबीच कोरोना भाइरस रोकथाम र नियन्त्रणका बिषयमा छलफल
Breaking News

स्वास्थ्यमन्त्री र प्रदेश समन्वयकर्ता मन्त्रीबीच कोरोना भाइरस रोकथाम र नियन्त्रणका बिषयमा छलफल

काठमाडौँ, २६ चैत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकिएका विभिन्न सङ्घीय मन्त्रीले आज छलफल गर्नुभएको छ । प्रदेश नम्बर १ सरकारसँगको समन्वयकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङ, गण्डकी प्रदेशको सरकारसँगको समन्वयकर्ता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश सरकारसँको समन्वयकर्ता खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आज स्वास्थ्य मन्त्रालयमा मन्त्री ढकालसँग छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी गराउँदै प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने तयारी गरेको बताउनुभयो । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुँदैछ ।मन्त्रिपरिषद्को बैठकबाट समन्वय गर्ने जिम्मेवारी पाउनुभएका मन्त्रीहरूले स्वास्थ्य सामाग्री र अन्य तयारीको बारेमा प्रदेशगत रूपमा आफ्नो विचार राख्नुभएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार