बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • महामारी र दैवी प्रकोपको बेला आयो अत्यन्तै मार्मिक गीत ‘तिमी जन जनमा’
मनोरञ्जन

महामारी र दैवी प्रकोपको बेला आयो अत्यन्तै मार्मिक गीत ‘तिमी जन जनमा’

महामारी र दैवी प्रकोप भन्ने कुरा मानव जीवनमा प्रकृतीद्वारा सृजित हो । मान्छेले नचाहंदा नचाहंदै पनि यो विपत्ती आइलाग्छ । यसै सेरोफेरोमा अहिले संसारमा नै कोभिड १९ नाम दिइएको कोरोना भाइरसले मानव जनजीवन अस्तब्यस्त वनाइदिएको छ । हजारौं मान्छेहरुको मृत्यु र लाखौ मानिस यस महामारीवाट संक्रमीत छन् ।

संसारभरका तीनै सवै स्वास्थ्यकर्मीहरु, प्रहरी सुरक्षाकर्मीहरु तथा सेनाहरुलाई उनीहरुको सत्कर्मको लागि प्रोत्साहित गर्ने हेतु संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको ‘तिमी जन जनमा’ वोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा गायीका वुनु श्रेष्ठ र गायक विश्व नेपालीले स्वर रहेको छ । गीतमा नरेश प्रधानको शब्द रचना, सन्तोष श्रेष्ठको संगीत रहेको छ । स्टुडियो साउन्ड मिलको अफिसियल युटयुव मार्फत सार्वजनिक गरिएको गीतमा संगीत संयोजन देवेन्द्र नेवा, ध्वनी मुद्रण/मिश्रण महेश्वरमान राजभण्डारी र दृश्य मिश्रण विरेन्द्र भाट विपिनको रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार