मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • २०७७ सालको दशै तिहार किन यति धेरै पर धकेलीयो ?
विचित्र संसार

२०७७ सालको दशै तिहार किन यति धेरै पर धकेलीयो ?

काठमाडौं । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ। नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् ।उनका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै, फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उनले बताएका छन् ।

यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिए । मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ ।मलमास कै कारण विवाहको लगनलाई समेत असर पारेको जनाइएको छ । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ। ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।

चर्चामा

सम्बन्धित समाचार