आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • राज्यमन्त्रीबाट बिरामीलाई घरमै अक्सिजन सिलिण्डर
समाचार

राज्यमन्त्रीबाट बिरामीलाई घरमै अक्सिजन सिलिण्डर

काठमाडाँ, २५ चैत: अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ ।  निमोनिया र दमकी बिरामी ७३ वर्षीया जसुदा भण्डारीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन सहजीकरण गरिएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

“लकडाउनका कारण समस्यामा परेका वृद्धवृद्धाका लागि आवश्यक औषधिलगायतका प्रबन्ध मिलाउन सचिवालयले सहजीकरण गरिरहेको छ”, उहाँले भन्नुभयो । लकडाउन अवधिभरका लागि जोहो गरिएको अक्सिजन सिलिण्डर रित्तो हुँदै गएपछि कपन, गार्मेन्ट चोककी भण्डारीको छटपटी निकै बढेको थियो । एक सिलिन्डर मेडिकल अक्सिजनको प्रबन्धका लागि उनका आफन्तले विभिन्न प्रयास गरे पनि सिलिन्डर उपलब्ध नहुँदा बिरामीसहित उनको परिवारलाई चिन्ता बढेको थियो ।

भण्डारी परिवारका एक आफन्तले राज्यमन्त्री मानन्धरलाई समस्या सुनाउन सुझाए । सुझावअनुसार नै भण्डारी परिवारले आफूहरुको समस्या राज्यमन्त्रीलाई सुनायो । उनीहरुले राज्यमन्त्रीलाई टेलिफोनमार्फत निमोनिया र दमको बिरामी आमाका लागि राखिएको अक्सिजन सिलिण्डर सकिएको तर नयाँ पाउन नसकिएको जानकारी गराएलगत्तै राज्यमन्त्री मानन्धरले आफ्नो सचिवालयमार्फत बिरामीको घरसम्म अक्सिजन सिलिण्डर पु¥याइदिएका थिए । (रासस)

चर्चामा

सम्बन्धित समाचार