बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • विहेपछिको पहिलो अन्तरवार्तामा आँचल शर्माले उदिपकै अगाडि यसरी गरिन् पल शाहसँगको रिलेसनको खुलासा (भिडियो हेर्नुहोस)
मनोरञ्जन

विहेपछिको पहिलो अन्तरवार्तामा आँचल शर्माले उदिपकै अगाडि यसरी गरिन् पल शाहसँगको रिलेसनको खुलासा (भिडियो हेर्नुहोस)

नायीका आँचल शर्मा र उदिप श्रेष्ठ भर्खरै विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरुले करिब डेढ वर्ष सम्मको आफुहरुको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । भब्य विवाह गरेका उनीहरुको विवाहको शैलीलाई लिएर मिडियामा खुब समाचार बने । त्यस माथि उनीहरुको विवाह अघिका सम्बन्धका बारेमा पनि अनेक अड्कल गरेर पनि समाचार बनिरहेका थिए । कुनै मिडियाले उदिपको दोस्रो विवाह भनेर पनि समाचार बनाएका थिए ।

विवाहको रमझममा व्यस्त भएका यि दुवैजनाले ति सबै कुराका बारेमा प्रतिकृया दिन भ्याएका थिएनन् । नायक पल शाहसंग धेरै फिल्ममा अभिनय गरेकी आँचलको पलसंग पनि नाम जोडिएको थियो । त्यस माथि विवाहमा पलको परिवार समेतलाई बोलाए पनि उनीहरु सहभागी नभइदिएपछि नकारात्मक कुरा गर्नेहरुका लाथि थप मलजल गर्यो । आँचलकै विवाह टार्नका लागि पल शाह मुक्तिनाथ पुगे भनेर सामाजिक सञ्जालमा टिप्पणी भए । भिडियो हेर्नुहोस…

चर्चामा

सम्बन्धित समाचार