बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु
राष्ट्र

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

नयाँ दिल्ली, २५ चैतः भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

त्यसैगरी मङ्गलबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ४२१ जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ ।

कोरोना भाइरस सङ्क्रमण रहेका चार हजार ४२१ जनामा ३२५ जना भने उपचार गरी घर फर्किएका छन् । हाल ३ हजार ९८१ जना अस्पताल र केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका सो मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्र, तामिल नाडु र नयाँ दिल्लीमा यसका सङ्क्रमितहरु बढेको देखिएको छ । महाराष्ट्रमा ७४८, तामिल नाडुमा ६२१ र नयाँ दिल्लीमा ५२३ मा सो रोगका सङ्क्रमितहरु रहेका उक्त मन्त्रालयले जनाएको छ ।

भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ । तर यता दिन प्रतिदिन नयाँ सङ्क्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ । (रासस/एएनआई)

चर्चामा

सम्बन्धित समाचार