बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • माछा मार्न गएका दुई युवकलाई सुनकोशी नदीले बगायो
समाचार

माछा मार्न गएका दुई युवकलाई सुनकोशी नदीले बगायो

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई युवक आज नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ताहुनेमा लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटे बुतुवाका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रवीण राई रहेका छन् । दुबैजना आज बिहान १० बजे सुनकोशी नदीमा माछा मार्न गएका थिए । उनीहरुको खोजीकार्य भइरहेको लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राईले बताउनुभयो ।

नदीमा बेपत्ता भएका दुबै युवकको खोजीका लागि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ भने खोटाङ र धनकुटास्थित सुनकोशी नदी क्षेत्रका प्रहरीलाई पनि बेपत्ता युवकको खोजीका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाकी उपाध्यक्ष राईका अनुसार बेपता हुने देवकुमार बुतुवा माध्यमिक विद्यालयबाट एसइई दिएर बसेको र अर्का प्रवीण कक्षा ९ मा अध्ययनरत विद्यार्थी छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै