मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • यौवन अवस्थामा देखिने डण्डीफोरको पनि ५ प्रकार ?
स्वास्थ्य

यौवन अवस्थामा देखिने डण्डीफोरको पनि ५ प्रकार ?

एजेन्सी । यौवन अवस्थामा देखिने एउटा सामान्य तर जटिल समस्या हो डण्डीफोर । कहिलेकाही यो ४० वर्षसम्मको उमेरमा पनि देखिने गर्छ । यो रोग ठुलो नभएपनि यस्ले अनुहारको सुन्दरतामा भने खरानी नै धस्छ । डण्डीफोर आउनमा सेवासियस नामक ग्रन्थीको भूमिका हुन्छ । यसलाई आयल ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी उमेर बढ्दै जाँदा ११ वर्षदेखि नै विकसित हुन्छ । यो रौंको साथमा हुन्छ ।

यो महिला तथा पुरुष दुवैमा हुन्छ । खासगरी डण्डीफोर ५ प्रकारका हुन्छन् । जसमध्ये सिस्ट नामक डण्डीफोर मासुको डल्लोजस्तो ठूला हुन्छन् । त्यस्तै ह्वाइहेड्स सेता, मसिना र राता देखिने खालका हुन्छन् । त्यस्तै ब्ल्याकहेड्स– काला दाना देखिने खालका हुन्छन भने नोवुल्स दुख्ने,साह खालका हुन्छन् । पुस्टुल्स नाम गरेको डण्डीफोर राता साना माथिपट्टि पिप देखिने खालको हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार