मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने
स्वास्थ्य

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २५ चैत:   प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत् हेर्न सकिनेछ ।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै