सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • देशलाई थिलथिलो बनाएको काङग्रेसले नै होः नेता रावल
समाचार

देशलाई थिलथिलो बनाएको काङग्रेसले नै होः नेता रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली काङ्ग्रेसले गरेको बताउनुभएको छ । नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा नेता रावलले वर्तमान सरकारले देश विकास र समृद्धिका लागि विभिन्न योजना अघि सारे पनि काङ्ग्रेसले बिरोधका लागि बिरोध गरिरहेको आरोप लगाउनुभयो ।

“विगतमा पटकपटक बहुमत प्राप्त गरे पनि काङ्ग्रेसले जनताको मतको अपमान गरेको छ”, उहाँले भन्नुभयो, “काङ्ग्रेस आफ्ना सारा कर्म बिर्सेर नेकपा र सरकारको बिरोधमा मात्रै केन्द्रित भएको छ ।” कम्युनिष्ट सरकारले आफ्नो मूल्य, मान्यता र आदर्शअनुरुप देशको विकास गरिछाड्ने उहाँको भनाइ थियो । व्यक्तिगत लोभ, लालच र क्षणिक स्वार्थमा रही पार्टीलाई आँच आउने कामबाट टाढै रहन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । “विधि र सुशासनबिना विकासको कल्पना गर्न सकिँदैन”, नेता रावलले भन्नुभयो ।

देश र जनताका लागि कम्युनिष्ट सरकारले विगतदेखि नै जनमैत्री कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । वृद्धवृद्धालाई भत्ताको व्यवस्थादेखि दलितका छोराछोरीका लागि छात्रवृत्ति कार्यक्रम, गाउँगाउँमा बजेट पठाउनेलगायत कार्य कम्युनिष्टले नै गरेको नेता रावलले बताउनुभयो । बिगतमा गाउँमा बजेट पठाउनु हुँदैन भन्ने काङ्ग्रेसले अहिले गाउँमा आएको बजेट आफैँ खाउँ भन्ने नीति लिएको आरोप लगाउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै