सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • गर्मी बढ्दै गएपछि कपिलवस्तुका निजी तथा सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द
समाचार

गर्मी बढ्दै गएपछि कपिलवस्तुका निजी तथा सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द

गर्मी बढ्दै गएपछि कपिलवस्तुका निजी तथा सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । कपिलवस्तु नगरपालिकाको निर्णयअनुसार कपिलवस्तु नगरपालिका क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालय आजबाट शुक्रबारसम्मका लागि बन्द गरिएको हो ।

यसैगरी यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, बाणगङ्गा नगरपालिकालगायतका स्थानीय तहले समेत शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अत्यधिक गर्मीका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण सेवाग्राहीको सरकारी कार्यालय, सार्वजनिकस्थल, बजारलगायत ठाउँमा न्यून उपस्थिति रहने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै