शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • अचानक भीरबाट खस्दा ५६ वर्षीय सुवेदीको मृत्यु
समाचार

अचानक भीरबाट खस्दा ५६ वर्षीय सुवेदीको मृत्यु

जङ्गलको बाटोमा हिँड्ने क्रममा अचानक भीरबाट खस्दा आज यहाँ एकको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिका–७ बिसौनीडाँडाको जङ्गलको भीरबाट खस्दा सोही स्थान बस्ने ५६ वर्षीय ऋषिराम सुवेदीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार बाटोबाट करीब ४०० मिटर तल खोल्सामा मृतावस्था भेटिएका उनको मृत्युको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै