सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • सभाखोलामा पौडी खेल्ने १७ वर्षीय राई बेपत्ता
समाचार

सभाखोलामा पौडी खेल्ने १७ वर्षीय राई बेपत्ता

सङ्खुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा आज एक युवा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका–११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन् ।

साथीसँग पौडी खेल्न गएका राई दिउँसो २ः३० बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताउनुभयो । राई अन्य चार साथीसँग पौडी खेल्न गएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै