सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै सात वर्ष कैद
समाचार

बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै सात वर्ष कैद

जिल्ला अदालत मकवानपुरले १६ वर्षीय बालकलाई सात वर्ष कैदको फैसला सुनाएको छ । बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला सुनाएको हो । पीडित बालिकालाई पीडकबाट रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले मकवानपुरको बकैया गाउँपालिका–१० का १६ वर्षीय बालकलाई १४ वर्षीया बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

श्रेस्तेदार केशवराज कौशिकले उमेर १८ वर्ष पार नगरेकाले दोषीलाई सात वर्ष मात्र कैद सजाय गरिएको जानकारी दिनुभयो । ती बालकलाई अहिले बालसुधार गृह हेटौँडामा राखिएको छ । उनको उमेर १८ वर्ष पूरा भएपछि बाँकी कैद भुक्तानीका लागि कारागार पठाइने कौशिकले बताउनुभयो । बालकले गत वैशाखमा सात बालिकालाई जबरर्जस्ती करणी गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै