मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • नेकपाका अध्यक्ष प्रचण्डद्वारा पौडेलप्रति श्रद्धाञ्जलि
समाचार

नेकपाका अध्यक्ष प्रचण्डद्वारा पौडेलप्रति श्रद्धाञ्जलि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका नेता धनीराम पौडेलको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजन र आफन्तमा समवेदना प्रकट गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शोक वक्तव्य जारी गर्दै पूर्वशिक्षामन्त्री पौडेलको निधनले सिङ्गो कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ । नेकपाको केन्द्रीय सदस्य र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य रहिसक्नुभएका उहाँको आज बिहान ६ः४५ मा हृदयाघातका कारण निधन भएको थियो ।

पौडेल तत्कालीन नेकपा (एकताकेन्द्र मसाल) र नेकपा (माओवादी) एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । पार्टीमा पूर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव सँगाल्दै उहाँले विसं २०७० मा संविधानसभा सदस्य र त्यसपछि शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुुभएको सन्देशमा भनिएको छ ।

विसं २०२३ मा बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवीको कोखबाट स्याङ्जाको दरौ गाविसमा जन्मनुभएका पौडेल विसं २०३७ मा विद्यार्थी राजनीति हुँदै वामपन्थी आन्दोलनमा सहभागी हुनुभएको थियो । विसं २०५१ मा तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय संयोजक हुनुभएका उहाँले पार्टीको वैचारिक मुखापत्र ‘जनएकता’ साप्ताहिकको सम्पादक भएरसमेत पत्रकारिता गर्नुभएको थियो । उहाँका श्रीमती गङ्गा बेल्बासे र दुई छोरी हुनुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै