आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • सुर्खेतमा दुर्घटनामा परी वडा सचिवसहित दुईको मृत्यु
समाचार

सुर्खेतमा दुर्घटनामा परी वडा सचिवसहित दुईको मृत्यु

सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले भे७प १८३४ नंको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करले उहाँ गम्भीर घाइते हुनुभएको थियो । प्रदेश अस्पताल कालागाउँ पुर्याएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो । प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ । त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै