बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • अछाममा छाउगोठमा २१ वर्षीया पार्वतीको मृ’त्यु
स्वास्थ्य

अछाममा छाउगोठमा २१ वर्षीया पार्वतीको मृ’त्यु

डोटी, १६ मङ्सिर: सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार