शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • एकाबिहानै बला’त्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै प्रहरीको नियन्त्रणमा
समाज

एकाबिहानै बला’त्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै प्रहरीको नियन्त्रणमा

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरीको टोलीले उनलाई अस्पतालको आईसीयूबाटै एकाबिहानै नियन्त्रणमा लिइएको बताइएको छ ।

दिउँसो पक्राउ गर्दा बाबाका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुन सक्ने भन्दै बिरामी भएको बहाना बनाएर विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा रहेका बाबालाई सोमबार बिहान चार बजे एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको बताइएको छ ।

करणीको आरोप लागेका सिद्धबाबा हृदयघात भएको भन्दै विराट नर्सिङ होममा भर्ना भएका थिए । गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै