मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • भाइरल जोडीलाइ भेट्न पुगे युवा नेता पुन्य गौतम, ६७ बर्षे बाजेको जवानका कुरा सुन्दा पुन्य परे चकित (भिडियो सहित)
विचित्र संसार

भाइरल जोडीलाइ भेट्न पुगे युवा नेता पुन्य गौतम, ६७ बर्षे बाजेको जवानका कुरा सुन्दा पुन्य परे चकित (भिडियो सहित)

झापा । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् । चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध ।

उता युवतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन । हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । अहिले ६७ बर्षिय बाजेको जेठो छोरा बिरामी भएर बिर अस्पतालमा राखिएको छ । उनीहरुले आफ्नो छोरालाई उपचार गर्न सबैलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।आज भाइरल जोडीलाई भेट्न युवा नेता पुन्य गौतम उनको निवास पुगेका छन् । २ भाइरल बीच भए यति रमाइला गफहरु ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै