शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपा विजयी
राजनीति

पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपा विजयी

जलेश्वर, १५ मङ्सिरः महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरीले तीन हजार २४९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले तीनहजार ४१ मत ल्याउनुभयो ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविता कुमारीले दुईहजार ९८४ मत ल्याएर तेस्रो स्थानमा रहनुभयो भने नेपाली काँग्रेसका उम्मेदवार विजय यादवले एकहजार ९३५ मत ल्याएर चौथो स्थान प्राप्त गर्नुभएको छ ।

नेकपाका उम्मेदवार चौधरीले समाजवादी पार्टीका उम्मेदवार यादवभन्दा २०८ बढी मत ल्याएर विजयी हुनुभएको हो । यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट राजपा नेपालले जीत हासिल गरेको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार