सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • संरक्षणविद् पुरीलाई बेबिलोन पुरस्कार
अर्थ/वाणिज्य

संरक्षणविद् पुरीलाई बेबिलोन पुरस्कार

मध्यपुरथिमि, १५ मङ्सिर  : संरक्षणविद् एवं सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीलाई नगदसहित यस वर्षको ‘बेबिलोन स्रष्टा सम्मान २०७६’ सम्मान प्रदान गरिने भएको छ ।

बेबिलोन नेशनल स्कूलले पुरीलाई नगद रु १५ हजार ५५५ राशिसहित पुरस्कार एवं सम्मान प्रदान गर्ने भएको हो । स्कूलले शिक्षा, साहित्य, कला, संस्कृति, इतिहास, सम्पदा, विकास र खेलकूदमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकामा यस वर्ष स्कूल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षताको बैठकले पुरीलाई पुरस्कार एवं सम्मान गरिने भएको स्कूलका प्रिन्सिपल राजु राईले जानकारी दिनुभयो ।(रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै