शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • पोखराको विसौंनामा ढिस्कोमा पुरिएर ५ को मृत्यु
समाज

पोखराको विसौंनामा ढिस्कोमा पुरिएर ५ को मृत्यु

पोखरा, १५ मङ्सिर: कास्कीको पोखरा महानगरपालिकाको–२० स्थित मौंजा विसौंनामा आज बिहान माटोको ढिस्कोमा पुरिएर पाँच जना कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको बाघचोर नगरपालिका–४, पेदीखोलाका तोबान बस्नेत, जितबहादुर बस्नेत, खिमलाल ओली र गणेश ओली रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो ।

भलाम–मौंजा ग्रामीण सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ती कामदारको मृत्यु भएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार