बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • कास्कीमा नेकपाको अग्रता कायमै
राजनीति

कास्कीमा नेकपाको अग्रता कायमै

पोखरा, १५ मङ्सिर: कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिनुभएको छ ।

उहाँले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै