बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • विसौनामा एकबिहानै माटोको ढिस्कोमा पुरिएर तीनको मृ’त्यु
समाज

विसौनामा एकबिहानै माटोको ढिस्कोमा पुरिएर तीनको मृ’त्यु

कास्की, १५ मङ्सिर । पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।

सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो ।

अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् । पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार