शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • पोखरामा ताइवानी नागरिकको मृ’त्यु
स्वास्थ्य

पोखरामा ताइवानी नागरिकको मृ’त्यु

पोखरा, १४ मङसिरः पोखरामा आज एक ताइवानी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ३०२५३५२७७ भएको ५७ वर्षीय युचाङ छिङको मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।

अन्नपूर्ण आधार शिविरको पदयात्राबाट फर्किएका उहाँ आज बिहान घान्द्रुकको टाडापानी आइपुग्नु भएको थियो । उहाँ मङसिर ८ गते पदयात्राका लागि पोखराबाट अन्नपूर्ण आधारशिविर जानुभएको थियो ।

आज बिहान अचानक छाती दुख्न थालेपछि उहाँका साथीहरुले प्रभु एयरको हेलिकप्टरबाट मनिपाल शिक्षण अस्पताल पोखरा ल्याएर भर्ना गरेको थियो । उहाँको उपचारको क्रममा आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार