बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • बैतडीमा ९९ वर्षीय वृद्धद्वारा मतदान
राजनीति

बैतडीमा ९९ वर्षीय वृद्धद्वारा मतदान

बैतडी, १४ मङ्सिरः बैतडीमा पुर्चौडी नगरपालिका– ४ मा शनिबार भएको उपनिर्वाचनमा ९९ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।
पुर्चौडी नगरपालिका– ४ स्थित महादेव मावि सिबावो मतदानस्थलबाट ९९ वर्षीय बिरुवा धानुकले मतदान गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । धानुकले शनिबार साढे १ बजे मतदान गर्नुभएको हो । मतदानमा सहभागी वृद्धले आफूले देश विकासको लागि लागि पर्ने उम्मेदवारलाई मतदान गरेको बताउनुभयो ।

यस्तै सुर्नया गाउँपालिका– १ मा रहेको साविकको गाविस भवन गुर्केली मतदानस्थलबाट ९६ वर्षीय महावीर चन्दले पनि मतदान गर्नुभएको छ । उहाँले बिहान ११ बजेर ३७ मिनेटमा मतदान गर्नुभएको हो । दोगडाकेदार गाउँपालिका– ४ को श्रीकेदार मावि पिपलकोटबाट ९१ वर्षीया पार्वती भट्टले पनि मतदान गर्नुभएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै