शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • चितवनमा ९७ प्रतिशत मत खस्यो
राजनीति

चितवनमा ९७ प्रतिशत मत खस्यो

चितवन, १४ मङ्सिरः चितवनको तीन वटा वडामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । ती वडामा ७५ दशमलव ९७ प्रतिशत मत खसेको छ । भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा मतदान भएको हो । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार तीन वटा वडामा कूल मतदाता १३ हजार २८४ रहेकोमा १० हजार ९२ मत खसेको छ । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१ मतदाता रहेकोमा छ हजार २५० मतदान भएको छ । त्यहाँ ७३ दशमलव ६९ प्रतिशत मत खसेको छ ।

खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ मतदाता रहेकोमा दुई हजार १७२ मतदान भएको छ । यो कूल मतदानमध्ये ८० दशमलव ६८ प्रतिशत हो । त्यस्तै खैरहनी–५ मा दुई हजार १११ मतदाता रहेकोमा एक हजार ६७० अर्थात ७९ दशमलव १० प्रतिशत मतदान भएको छ । निर्धारित समयमा नै ती वडाका मतदान केन्द्रहरुमा मतदान शुरु भएको थियो ।

जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र रहेका थिए । मतपत्र सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–१६ को भरतपुरस्थित चितवन जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र खैरहनीको पुरानो नगरपालिका भवनमा निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पश्चात् आजै मतगणना शुरु गरिने ढकालले बताउनुभयो । जिल्लाका तीन वटा वडामा पाँच राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै