शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • सडकमा मकै पोल्दापोल्दै रोईन् आमा ! मध्यरातमा के भयो यस्तो ? (भिडियोसहित)
समाचार

सडकमा मकै पोल्दापोल्दै रोईन् आमा ! मध्यरातमा के भयो यस्तो ? (भिडियोसहित)

६० बर्षकी लक्ष्मी पाण्डे चितवनमा पोलेको मकै बेच्दै आएकी छन् । मकै बेचेरै उनको घरखर्च चल्ने गरेको छ । उनी बिहानभर गाउँगाउँमा गएर हरियो मकै संकलन गर्छिन् । संकलित हरियो मकै उनले बेलुका अबेरसम्म बेच्छिन् ।

बढ्दो जाडोको प्रभाव नगरी उनी मकै बेच्छिन् । शरिरले कष्ट नचाहने भएपनि उनी श्रीमानको उपचारको लागि दिनरात नभनी मकै बेच्दै आएकी छन् । खासमा उनीहरुको घर सिन्धुपाल्चोक जिल्ला हो । धेरै पहिला परिवारनै चितवन झरेका ।

उनका श्रीमानलाई मुटुको रोग छ । उपचार खर्चिलो भएका कारण श्रीमानलाई बचाउन मात्रै भएपनि मकै बेच्नै परेको छ । ‘पहिला बुढाबुढी भएर सँगै काम गर्थेम’ मकै पोल्दै उनले भनिन्, ‘अहिले घरमै थला पर्नुभएको छ ।’

चर्चामा

सम्बन्धित समाचार