शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • रसुवागढी नाकाबाट करिब एक किलो सुनसहित दुई महिला प’क्राउ
समाचार

रसुवागढी नाकाबाट करिब एक किलो सुनसहित दुई महिला प’क्राउ

रसुवा, ९ मङ्सिर: गैरकानूनी तवरले रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करिब एक किलोग्राम सुन आज रसुवा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार सुन भित्र्याउँदै गरेको भन्ने सुराकीका आधारमा प्रहरीको विशेष टोलीले रसुवागढी नाकाबाट अवैध कारोवारमा संलग्न दुई महिलासहित करिब एक किलोग्राम सुन नियन्त्रणमा लिएको हो ।

सुन टुक्रा टुक्रा भएका कारण नेपाल बैंकको सुन जाँचकीबाट परिमाण यकिन गराई कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । रसुवागढी नाकाबाट अवैध कारोवार रोक्न नेपाल प्रहरी सक्रिय रहेको प्रहरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै