सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • गलबन्दी पछि आयो प्रकाश सपुतको सबैलाई रुवाउने ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक
मनोरञ्जन

गलबन्दी पछि आयो प्रकाश सपुतको सबैलाई रुवाउने ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक

गायिका पूजा सुनुवारको ”रहर” एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ”रहर”लाइ शुक्रबार प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन । सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन।

अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय रहेको छ । भिडियो लाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका छन । दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ । ”रहर” एल्बममा गायिका पूजाको अलवा राजेश पायल राई, डेबिड शंकरको स्वर सुन्न सकिन्छ भने चर्चित गीतकार डिपी खनाल,दिपक शर्मा ,राम गोपाल ‘आशुतोष’ ,कृष्ण सुनुवार ,र खलनको मान्छे को शब्द रहेको छ भने ।

युवा सङ्गीतकार शङ्कर ‘थापा स्माइल’,दिपक शर्मा,शिब साम्पोङ्ग,अनिश श्रेष्ठ ,र पुस्कर सुनुवारको संगीत छ पनि शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । नेपालीबाहेक, नेपालभाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगित तथा देउडालगायत विभिन्न भाषाभाषिकाका दुई सय गीतमा आफ्नो आवाज दिईसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनीक भैसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै