मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • नेपाली युवती नुमाले गरिन् अष्ट्रेलियामा आफ्नै श्रीमानको ह’त्या, टुहुरी बनिन् छोरी…
प्रवास

नेपाली युवती नुमाले गरिन् अष्ट्रेलियामा आफ्नै श्रीमानको ह’त्या, टुहुरी बनिन् छोरी…

काठमाडौँ । अष्ट्रेलियामा श्रीमानमाथि धारिलो हतियार प्रयोग गरी श्रीमतीले ज्यान लिएकी छन् । समाचारमा जनाइए अनुसार सन्तोष गौतमलाई श्रीमती नुमा गौतमले ज्यान लिएको आरोप लागेको छ । नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा चक्कुले प्रहार गरेपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।

घटनाको केही घण्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको बताइएको छ । यो जोडी केही महिना अघिदेखि । अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर आफ्नो भिसाका कारण चिन्तित भएको बताइएको छ । नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने वचन दिएको छ । गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै