बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • औषधि व्यवसायी सङ्घको अध्यक्षमा जोशी
स्वास्थ्य

औषधि व्यवसायी सङ्घको अध्यक्षमा जोशी

कैलाली, ८ मङ्सिरः औषधि व्यवसायी सङ्घ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा जनकराज जोशी निर्विरोध चयन हुनुभएको छ ।
सङ्घको शनिबार धनगढीमा भएको अधिवेशनबाट जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । त्यस्तै उपाध्यक्षमा प्रेमराज बिसी, महासचिवमा मधुकर कुश्मी, कोषाध्यक्षमा रमेश पाण्डे, सहकोषाध्यक्षमा द्वारिकाप्रसाद चौधरी, सचिवमा चन्द्रिकाप्रसाद चौधरी चयन हुनुभएको सङ्घले जनाएको छ । सदस्यमा खेमराज भट्ट, चन्द्रबहादुर रावल र ठाकुरप्रसाद चौधरी चयन हुनुभएको छ ।
खैरो हिरोइनसहित दुई पक्राउ

कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ मेनरोड नजिकैबाट भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका अन्दाजी २४ वर्षीय विवेक गुप्ता र धनगढी–३ घर भई हाल कञ्चनपुर पुर्नवास नगरपालिका–११ बस्ने २९ वर्षीय दीप थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा उनीहरुलाई जाँच गर्दा विवेक गुप्ताले लगाएको पाइन्ट पछाडिको बायाँ खल्तीमा लुकाइछिपाइ राखेको दुई ग्राम ६८० मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार