बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • कूटनीतिक पहलबाट सीमा विवाद समाधान गर्नुपर्छः प्रवक्ता शर्मा
राजनीति

कूटनीतिक पहलबाट सीमा विवाद समाधान गर्नुपर्छः प्रवक्ता शर्मा

लमही, ७ मङ्सिरः नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादको विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ । दाङमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले अन्य मुद्दा अहिलेको अवस्थामा गौन भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्सा सार्वजनिक गरेकाले यसलाई गम्भीरतापूर्वक सरकारले लिनुपर्ने बताउनुभयो ।

“सरकारकै नेतृत्वमा यस विषयमा सम्वाद हुनुपर्छ, कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ, यो विषयमा काँग्रेस सरकारको साथमा छ, सरकारले गम्भीर ढङ्गले कूटनीतिक पहल गर्नुपर्छ ’’, शर्माले भन्नुभयो । उहाँले काँग्रेस सरकारमा रहेको बेला पनि भारतीय सेना कालापानीमा भएको र त्यो बेला देशमा विभिन्न समस्या रहेका कारण समस्या समाधान गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

‘‘अहिले मुलुकमा दुई तिहाईको सरकार छ, त्यसमा पनि काँग्रेसले समर्थन गरेपछि सबै नेपाली एकठाउँमा उभिएको बेला सीमाविवाद मिलाउनुपर्छ’’, उहाँले भन्नुभयो, “यो विषयमा प्रतिपक्ष र सिङ्गो देश सरकारको पक्षमा रहेकाले ढिला गर्नु हुँदैन् ।” (रासस)

चर्चामा

सम्बन्धित समाचार