शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • पोखराको समग्र विकासको सारथी बन्छु : विद्या
Breaking News

पोखराको समग्र विकासको सारथी बन्छु : विद्या

पोखरा, ७ मङ्सिर : कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समग्र विकासमा आफू सारथी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिका–२० भलाममा घरदैलो कार्यक्रमपश्चात् आज आयोजित चुनावीसभामा बोल्दै उहाँले चुनावमा जीतसँगै यस क्षेत्रका भौतिक पूर्वाधार विकास एवम् जनताका आधारभूत आवश्यकतालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका नयाँ वडाको विकासमा तीनै तहका सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सडक, खानेपानी, कृषि, विद्युत् र पर्यटन यस क्षेत्रका समृद्धिका आधार भएको उल्लेख गर्नुभयो । संविधानले व्यवस्था गरेको महिला हकअधिकारको संरक्षण गर्दै उहाँले युवा शक्तिको सीप र महिलाको सशक्तीकरण ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार भएको बताउनुभयो ।

स्व रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा र महिला नेतृत्व स्थापित गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउँदै उहाँले आप्mनो जीतसँगै संविधान कार्यान्वयनमा जोड दिन स्पष्ट पार्नुभयो । नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवम् पूर्वमन्त्री खगराज अधिकारीले भलाम क्षेत्रलाई मध्य पहाडी लोकमार्गले जोडेसँगै विकास निर्माणले काँचुली फेर्ने बताउँदै यस क्षेत्रको समग्र विकास निर्माणमा पार्टी र सरकारको ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज राजकाजी गुरुङ (करण) ले संस्कृतिमन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृति पनि रुपान्तरण गर्नुपर्छ भनेर कदम चाल्नुभएको बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार