सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • सबैलाई हसाउने नयाँ सिरियल “हास्नु हुन्न है” दर्शकको रोजाइमा पर्दै (भिडियो सहित)
मनोरञ्जन

सबैलाई हसाउने नयाँ सिरियल “हास्नु हुन्न है” दर्शकको रोजाइमा पर्दै (भिडियो सहित)

करिब दुई बर्ष अगाडि युटुब अन्तरबार्ताका क्रममा हास्य टेलिशृन्खला दोबाटेका चर्चित दुई अनुहार चिबे बूढो र कोपा बाजेसंगको अन्तरबार्ताकै क्रममा सोनिकामाथि जाइलागेका थिए दुई बुढा । त्यसको केही दिनमै त्यही कथाबाट जोडेर हास्नु हुन्न है नामक हास्य टेलिशृन्खलाको तेस्रो भाग तयार पारेका थिए । हास्य टेलिशृन्खला दोबाटेका दुई कलाकार मिलेर धेरै पहिले बनाएको नयाँ हास्य टेलिशृन्खला हास्नु हुन्न है सार्बजनिक भएको छ ।

लामो समयसम्म धेरै आशा बोकेर पर्खिएर बसेको यो टिमलाई नेपाल टेलिभिजनमा प्रसारण गर्छौ भन्दै अहिले चलेको एउटा मिडिया एजेन्सीले कतै प्रसारण गर्न रोक लगाएको थियो । एउटा चलेको कम्पनीले यति राम्रो यति स्तरीय सिरियल जहाँ पायो त्यहीँ प्रसारण गर्नु हुदैन हामी नेपाल टेलिभिजनमा प्रसारण गर्नेछौ भन्दै आश्वासन देखाएर करिब दुई बर्ष बिताइदियो । कार्यक्रम तयार भएको दुई बर्ष बितिसक्दा पनि त्यही आस्वासन मात्र आएपछी अन्ततः युटुब मार्फत सार्बजनिक गर्ने निर्णय गर्यो टिमले अनि सुपर अनलाइन टिभी मार्फत भर्खरै तेश्रो भाग पनि सार्बजनिक गरिएको छ ।

सिरियलमा दोबाटेमा चिबेको भुमिकामा देखा पर्ने समीर सुवेदी र कोपाको भुमिकामा हुने आइन्द्र लिम्बु,बिष्णु भट्टराई,आशिस ठकुरी,सुजन ढकाल,गणेश भट्टराई,सुमि ठकुरी,सुस्मा श्रेष्ठ,हेमराज जोशी,दिपक सुवेदी,बिकाश कार्की दिलिप तामाङ आदि कलाकारहरूले अभिनय गरेका छन भने समीर सुवेदी र आइन्द्र लिम्बुले लेखन तथा निर्देशन गरेका छन दोबाटेमा आउनुभन्दा अगाडी नै तीन बर्ष पहिला बनाएको सिरियल कस्तो छ त? तल पूरा भिडियो हेर्नुहोस हासेर भुतुक्कै हुनुहुनेछ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै