सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • श्रीमान्को दुई लाख लिएर श्रीमती बेपत्ता, छोराछोरीको भयो बिचल्ली
समाज

श्रीमान्को दुई लाख लिएर श्रीमती बेपत्ता, छोराछोरीको भयो बिचल्ली

भोजपुर, ७ मङ्सिर: भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमान्को रु दुई लाख लिएर बेपत्ता भएकी हुन् ।

भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान् एकबहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको रु दुई लाख लिएर गत कात्तिक १८ गते सम्पर्कविहीन भएको एकबहादुरले बताउनुभयो । नगदसहित घरमा भएको अन्य लत्ताकपडा पनि लिएर श्रीमती बेपत्ता भएको श्रीमान् एकबहादुरले जानकारी दिनुभयो ।

एकबहादुरले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र जो कसैले भेटेमा खबर गरिदिनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ । श्रीमान् एकबहादुर र आशाकी सात वर्षीया एक छोरी र पाँच वर्षीय एक छोरा छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै