बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बङ्गलादेशमा सवारी दुर्घटनामा परी कम्तीमा १० को मृ’त्यु
राष्ट्र

बङ्गलादेशमा सवारी दुर्घटनामा परी कम्तीमा १० को मृ’त्यु

ढाका, ६ मङ्सिरः बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा एउटा माइक्रोबस विपरित दिशाबाट आएको अर्को बससँग ठोक्किएर भएको दुर्घटनामा माइक्रो बसमा सवार १० जनाको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृतले सिन्ह्वालाई बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेकोले थप विवरण प्रहरी अनुसन्धानपछि आउने प्रहरीले बताएको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार