सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • गायिका शान्ति श्री परियारको आवाजमा निकै मार्मिक लोकदोहारी “अंगालोमा बेरी“ (भिडियो सहित)
मनोरञ्जन

गायिका शान्ति श्री परियारको आवाजमा निकै मार्मिक लोकदोहारी “अंगालोमा बेरी“ (भिडियो सहित)

नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक/फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ । मिरर म्युजिक नेपालको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक सुरज शाही को आवाजमा सजिएको लोकदोहोरी गीत “अंगालोमा बेरी“ गीतको अडियो तथा भिडियो बजारमा आएको छ ।

आफना प्रेमीको यादमा नै जिवन अहिले सम्म बाँच्न सफल भएको गायिका शान्ती श्री ले बताइन । जिवनका अनेकौ चोटहरुलाई सहेर भएपनि आफनो प्रेम सफल बनाउनको लागी आफु लागी परेको कुरालाई गीतमा ब्यक्त गरिएको छ । अनु रोक्काको शब्द तथा सुरज शाहीको लय सिर्जना प्रस्तुत गीतमा रहेको छ ।

सन्तोष बस्यालको छायाँकन , प्रविण रेश्मी मगरको सम्पादन , सुमन थापा मगरको निर्देशन भिडियोमा रहेको छ ।, “अंगालोमा बेरी“ गीतमा सुमन थापा मगर र रविना थापा को अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।“अंगालोमा बेरी“ गीतको भिडियो हेर्नुहोस ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै