सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • बलिउड चर्चित नायिका सारा र कार्तिक गहिरो प्रेममा
मनोरञ्जन

बलिउड चर्चित नायिका सारा र कार्तिक गहिरो प्रेममा

एजेन्सी । बलिउड चर्चित नायिका सारा अलि खान र अहिलेका जल्दाबल्दा नायक कार्तिक आर्यनको प्रेमको चौतर्फि चर्चा भएको छ । अभिनेत्री साराले सार्वजनिक कार्यक्रममार्फत कार्तिक आर्यन आफ्नो प्रेम र क्रस रहेको बताएकी छिन् । उनिहरुले एकै साथ पनि चलचित्रमा काम समेत गर्ने भएका छन् ।

र उनिहरुले एक अर्का प्रतिको प्रेमलाई सहजै स्विकारेका छन् । सावैजनिक स्थलमा पनि यि दुई देखिने गरेको पाइन्छ सारा अलि खान करीना कपुरकी सौतनि छोरी समेत रहेकी छिन् । हालै मात्र उनिहरुको एक तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ ।

उक्त तस्विरमा साराले कार्तिकको हात समाईरहेको र एक अर्काको आँखामा आँखा जुधाएर प्रेम दर्साएको सहजै देख्न सकिन्छ जुन तस्विरलाई फ्यानले अत्याधिक रुचाएका छन् । लाखौ लाइक अनि कमेन्टको ओइरो लागि रहेको छ । सारा पछिल्ल्लो समय फिल्म कलंकको सुटिगंमा व्यस्त रहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै