शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • आज पनि घट्यो सुनको मुल्य, चाँदीको भने स्थिर
अर्थ/वाणिज्य

आज पनि घट्यो सुनको मुल्य, चाँदीको भने स्थिर

काठमाडौँ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाले घटेको हो । ने हिजो बिहिबार तोलामा १ सय रुपैयाले घटेको थियो ।

आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयामा कायम भएको महासङ्घले जनाएको छ । त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छ । भने आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ६० रुपैयामा कारोबार भएको महासङ्घले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै