बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • आयात प्रतिस्थापनका उद्योग विकास र प्रवद्र्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट
Breaking News

आयात प्रतिस्थापनका उद्योग विकास र प्रवद्र्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट

काठमाडौँ, ५ मङ्सिरः नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्ल्ोख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण हुने बताउनुभयो ।

जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उहाँले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । राष्ट्रिय गौरबका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उहाँको भनाइ थियो ।

सोही मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गरी आयात कम गरी व्यापार घाटा कम गर्नुपर्नेविचार व्यक्त गर्नुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै