शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • फेरी गयो ६.४ म्याग्नीच्युडको भूकम्प, भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित
राष्ट्र

फेरी गयो ६.४ म्याग्नीच्युडको भूकम्प, भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित

बैंकक, ५ मङ्सिरः थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो ।

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उहाँले बताउनु भयो । महानिर्देशक सोम्साकले ६।४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६।५० बजे गएको जानकारी दिनुभयो । भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार