सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • कैलालीमा जिपको ठक्करबाट पैदलयात्रीको मृ’त्यु
समाज

कैलालीमा जिपको ठक्करबाट पैदलयात्रीको मृ’त्यु

कैलाली, ५ मङ्सिरः कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा रहेको छ । कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको अत्तरियास्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको तथा ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै