शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • जनताले वैकल्पिक शक्ति खोजेका छन्ः साझा उम्मेद्वार केसी
राजनीति

जनताले वैकल्पिक शक्ति खोजेका छन्ः साझा उम्मेद्वार केसी

चिप्लेढुङ्गा, १ मङ्सिरः मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेका छन् । पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ । साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलोमा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको उम्मेद्वार रजनी केसीले बताउनुभयो । तराजु चुनाव चिन्ह लिएर मतदाता माझ पुग्नु भएकी उम्मेद्वार केसीले परम्परागत दलबाट परिवर्तन सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई जनताले मन पराएको दाबी गर्नुभयो ।

सबैभन्दा पहिला उम्मेद्वारको टुंगो लगाएको साझा पार्टीले आफ्नो निर्वाचन क्षेत्रको धेरै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ ।
स्थानीयका समस्यालाई नजिकबाट बुझेर सामाजिक रुपान्तरणमा पहल गर्ने साझा पार्टीले आफ्नो अभियानलाई तीव्रता दिएको संयोजक अर्जुनप्रसाद खनालले बताउनुभयो । यसैबीच साझाले शनिबार नै भलाममा चुनावी सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै