बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौँमा, कीर्तिपुरको मैदानमा आज बिनोद दासको टिमसँग च्यारिटी खेल खेल्ने
Breaking News

भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौँमा, कीर्तिपुरको मैदानमा आज बिनोद दासको टिमसँग च्यारिटी खेल खेल्ने

काठमाडौँ- भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । उनी युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि शुक्रबार राति काठमाडौँ आएका हुन् ।

युनिसेफको सदभावना दूत रहेका तेन्दुलकर गोप्य रुपमा काठमाण्डौ‌ आएका थिए र उनलाई विशेष सुरक्षामा होटेल गएका थिए । सचिन काठमाण्डौको द्वारिका होटेलमा बसेका छन् । विमानस्थलमा उनलाई युनिसेफका पदाधिकारीले स्वागत गरेका थिए ।

तेन्दुलकरले कीर्तिपुरको मैदानमा शनिबार नेपालका पूर्व खेलाडी बिनोद दासको टिमसँग च्यारिटी खेल खेल्ने भएका छन् । दुवै टिममा युनिसेफले स्कुलका विद्यार्थीलाई समावेश गरेर टिम गरिएको छ । सचिन काठमाण्डौको द्वारिका होटेलमा बसेका छन् । यही कार्यक्रमका लागि हाल भारतमा रहेका यू-१९ टिमका प्रशिक्षक विनोदकुमार दास नेपाल आइसकेका छन् । शनिबार कीर्तिपुर मैदानमा बिहान १० बजेबाट खेल सुरु हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै