बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • चितवनमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृ’त्यु
समाज

चितवनमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृ’त्यु

चितवन, ३० कात्तिकः भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना राति १२ बजे भएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै