बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • देशको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्छः वरिष्ठ नेता पौडेल
Breaking News

देशको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्छः वरिष्ठ नेता पौडेल

इलाम, २९ कात्तिकः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । आज इलाम सदरमुकाममा आयोजित आमसभामा वरिष्ठ नेता पौडेलले भूमि जोगाउन सरकारले पहल गरेमा सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

भारतले केही समय अघि मात्रै सार्वजनिक गरेको ‘राजनीतिक नक्सा’का बारेमा बोल्दै पौडेलले वर्तमान सरकारले आफ्नो भूभाग जोगाउन चाँडो पहल शुरु गर्नुपर्ने उल्लेख गर्नुभयो । “हामीले अन्तर दलीय छलफलमा पनि भनेका छौँ, सरकारले प्रत्यक्ष रूपमा छलफल गर्नुपर्छ भनेर”, उहाँले थप्नुभयो, “देशको सबै सीमा क्षेत्रमा सीमा समस्या छ । त्यसका बारेमा पनि सरकारले आधिकारिक धारणा राख्नुपर्छ ।” उहाँले सांस्कृतिक, पहिचानको धनी भएकाले सीमा समस्या हटाउन नेपाली सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै