बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
सूचना/प्रबिधि

बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा, २९ कात्तिकः जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताउनुभयो ।

सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ । उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ । सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपत्विपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोस पोखेका छन् ।

यता बडिमालिका नगरपालिका– ५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मना गाड लघुजलविद्युत्बाट सिङ्गलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युत्को टर्वाइनमा केही समस्या आएका कारण हामीले हटाएको र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले तत्काल समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिनुभयो । जनताले सहजरुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै