शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • भेटिए ज्यानको माया मा*रेर लिपुलेक पुगेर नेपाली झण्डा गाड्ने युवा, एकाएक डरायो भारत (भिडियोसहित)
Breaking News

भेटिए ज्यानको माया मा*रेर लिपुलेक पुगेर नेपाली झण्डा गाड्ने युवा, एकाएक डरायो भारत (भिडियोसहित)

काठमाडौं । भारतले अक्रिमण गरेको दार्चुलाको लिपुलेकमा पुगेर नेपाली झण्डा गाड्ने एक युवाले मुख खोलेका छन् । हाल प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य समेत रहेका रत्न ढकालले युवाहरुको समूहको नेतृत्व गर्दै लिपुलेकमा पुगेर नेपालको झण्डा गाडेका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको सन्देश प्रवाह गर्न र भारतलाई खबरदारी गर्न आफूहरु त्यहाँ पुगेको उनले एक विशेष अन्तर्वार्तामा बताएका छन् ।

अखण्ड नेपालको भूमि भारतले अतिक्रमण गर्दै गएको भन्दै उनले आक्रोश ब्यक्त गरेका छन् । भारतले नेपाली भूमिमाथिको अतिक्रमण नरोके सारा नेपाली लिपुलेक पुग्ने उनले चेतावनी दिए । ‘यो खालको अतिक्रमण नरोकिए राष्ट्रिय अभियान चलाएर हामी सारा युवा, देशभक्त नेपाली नागरिक त्यहाँ पुग्नुपर्छ र आफ्नो भूमिको रक्षार्थ लड्नुपर्छ’, उनले भने ।

हालै भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको ६२ वर्ग किलोमिटर क्षेत्रफल भारतले आफ्नो नक्सामा समेटेपछि विवाद थप चुलिएको छ । नेपालका विभिन्न ठाउँमा यसविरुद्ध प्रदर्शन भएका छन् । भारतले लिम्पियाधुरा र लिपुलेक बीचका नदी आसपासको ३१० वर्ग किलोमिटर क्षेत्रफल गरी लगभग कुल ३७२ वर्ग किलोमिटर क्षेत्रफल नेपाली भूभागलाई आफ्नो नक्सामा समेटेपछि जनआक्रोश चुलिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै