शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • प्रेमी डाक्टर उदीपसँग विवाह बन्धनमा बाँधिदै चर्चित नायिका आँचल शर्मा ‘भिडियो सहित्’
मनोरञ्जन

प्रेमी डाक्टर उदीपसँग विवाह बन्धनमा बाँधिदै चर्चित नायिका आँचल शर्मा ‘भिडियो सहित्’

पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्मा बिबाह बन्धनमा बाँधिने भएकी छन् ।डा।उदीप श्रेष्ठसँग गहिरो प्रेममा रहेकी उनी बिबाह बन्धनमा बाधिन लागेको बताइएको छ । आँचल र उदीपको भेट भएको झण्डैं एक बर्ष भएसँगै उनीहरुले बिहे गर्ने निर्णयमा पुगेको बताइएको छ ।

आँचलले हालै एक मिडियामा दिएको अभिव्यक्ती अनुसार उनले आगामी फागुनमा बिहे गर्ने फाइनल भएको छ । यद्यपी, महिना फाइनल भएपनि कुन दिन बिहे गर्ने भन्ने विषयमा आँचलले मुख खोलेकी छैनन् । । उदीपसँग एउटा कार्यक्रममा आँचलको भेट भयो । उनीहरु नजिक भए । एक–अर्कालाई मन पर्न थाल्यो ।

त्यसपछि यि दुई बिच प्रेमको सुरुवात भएको थियो ।जोनी जेन्टलम्यान, नाइ नभन्नु ल ४, सत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा काम गरेकी उनले थुप्रै म्युजिक भिडियोमा समेत कम्मर भाचेकी छन् । । हाल उनी नयाँ चलचित्र ‘झिंगे दाउ’ को तयारीमा छिन् । यस अघि आँचलको नायक पल शाहसँग पनि नाम जोडिएको थियो । टप फाएब न्युज नेपालको यो ५ भिडियो समाचार हेर्नुहोला:

चर्चामा

सम्बन्धित समाचार